|

धादिङ : कोराना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई, ध्यानमा राखी जिल्ला अस्पताल धादिङले ९ शय्याको अस्थायी एकीकृत आइसोलेसन कक्ष स्थापना गरेको छ। 

सदरमुकाम धादिङबेसीमा रहेको कृषि ज्ञान केन्द्रको नयाँ भवनमा अस्पतालले एकीकृत आइसोलेसन कक्ष निर्माण गरेको हो। नेपाल सरकारले जिल्ला अस्पताललाई आइसोलसन कक्ष निर्माण गर्न निर्देशन दिएपछि जिल्ला अस्पतालले विभिन्न निकाय संगको समन्वय र सहकार्यमा कोरोना उपचारको अस्थायी एकीकृत आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले वताए। 

जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माका अनुसार धादिङको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला स्थित सुरक्षा निकायको सहयोगमा अस्थायी एकीकृत आइसोलेसन कक्ष सञ्चालनमा आएको हो।

आइसोलेसन कक्षका लागि शय्या,स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन धादिङ अस्पतालले गरेको हो। सदरमुकाममा रहेको कारण आइसोलेसन कक्षमा जुनसुकै स्थानीय तहबाट विरामी आउन सक्ने भएकाले आवश्यकता अनुसार शय्या र उपकरण थपिँदै लगिने र त्यसका लागि जिल्लाका स्थानीय तहसँग सहकार्य गरिने अस्पताल विकास समितिका अध्यक्ष धमलाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.