|

डोल्पा : जिल्ला अस्पताल डोल्पाबाट स्वाब परीक्षणका लागि पठाइएको दुईजनाको कोरोना संक्रमण आशंकाको रिपोर्ट नेगेटिभ आएको छ।

कोराना भाइरसको लक्षण देखिएपछि सोमबार अस्पतालको आइसोलसनमा भर्ना भएका दुईजना बिरामीको स्वाब परीक्षणका लागि सुर्खेत हुँदै काठमाडौंस्थित टेकु अस्पताल पठाइएको थियो।

टेकु अस्पतालबाट शुक्रबार दिउँसो आएको कोरोना रिपोर्ट नेगेटिभ देखिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। उनीहरू एक हप्तासम्म आफ्नै कार्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेर मात्रै अरुसँग भेटघाट गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए।

शे–फोक्सुण्डो निकुञ्जमा कार्यरत उनीहरूलाई उच्च ज्वरो, खोकी आँखा र टाउको दुख्ने समस्या भएपछि कोरानाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.