|

विश्व अहिले कोरोना महामारीको चरम अवस्थाबाट गुज्रिरहेको छ। विश्वका स्टार खेलाडीहरू आफ्नो तलबको केहि मात्रामा भए पनि आफ्नो देशलाई सहयोग गरिरहेका छन्। यस्तोमा ब्राजिलियन स्टार नेमारले ७ लाख ७० हजार युरो ९१० करोड ० बराबर सहयोग गरेका छ्न्।

नेमारले उपलब्ध गराएको सो रकम ब्राजिलका कोरोना भाइरस पीडितका लागि भएको नेमारले बताएका छन्। सामान्य रकम भएकाले नेमारले उक्त रकम आफ्नो नाममा नराखे पनि ब्राजिलियन टेलिभिजनले उनको नाम खुलाएको थियो।

ब्राजिलको टेलिभिजन एसबिटी टिभीको कार्यक्रममा भनियो ‘आफ्नो सहयोगको रकम र विषयमा खुलासा गर्न नेमार चाहँदैन थिए। तर, कसैले राम्रो काम गरिरहेको छ भने त्यसलाई लुकाउन जरुरी छैन भनेर हामीले उनको नाम सर्वाजनिक गरेका हौं।’

टिभीले अगाडि भन्यो, ‘हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं। यसले अन्य खेलाडीलाई पनि प्रोत्साहित गर्न सक्छ।’ कोरोना भाइरस पीडितकै लागि फुटबलरहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र प्रशिक्षक पेप ग्वार्डिओलाले ठूलो मात्रामा धन राशी खर्च गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.