|

पथरी (मोरङ) : घरमाथि बसेर इन्टरनेट चलाइ रहेका एक किशोरलाई भिडियो खिचेको भन्दै प्रहरीले लाठी प्रहार गरेको छ। प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्‍चरे नगरपालिका-५ का रोहन साह  घाइते भएका छन्।  प्रहरीले शुक्रबार हसन्दहका साहलाई  घरबाटै घिसारेर लाठी बर्साएको हो।

शुक्रबार हसन्दहमा लाग्‍ने हटियामा लकडाउन उल्ल|घन गर्नेलाई हटाउन पुगेको कुशेचौरी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हरिलाल राजवंशीको टोलीले लाठी बर्साएको पीडितका बाबु वीरेन्द्र साहले बताए।

साहलाई घरमाथिबाट झारेर पाइपको लाठी बर्साउँदै ५ सय पटक उठबस गर्न लगाएको साहले बताए। करिब १ सय पटक उठबस गरेपछि फेरि लाठीले उनीमाथि थिए। 

 रोहन हाल पथरीको मोरङ हस्पिटल प्रालिमा उपचाररत छन्। उनको अवस्था हाल सामान्य रहेको छ। यता असई राजवंशीले लकडाउन उल्लंघन गर्नेलाई हटाउँदा भिडियो खिचेकाले नखिच्‍न भन्दै सम्झाएको  मात्रै बताए।

राजवंशीले उठबस गर्न लगाएको स्वीकार गरेकाले विभागीय कारवाहीका लागि सिफारिस गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपी) दिलिप कुमार गिररीले बताए । गिरीले अस्पतालमा आएर बिरामीको अवस्थाबारे जानकारी लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.