|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाको एउटा गाई फर्ममा आगलागी भएको छ। चन्द्रपुर नगरपालिका-२ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान आगलागी भएको हो। विद्युत् सर्ट भएर गाई फर्ममा आगलागी भएको फर्मका संचालक नबराज उप्रेतीको भनाइ छ।

आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको उनले बताए। आगलागीबाट करिब ९ लाख बराबरको क्षति भएको उनको भनाइ छ।

फर्ममा रहेका चारवटै गाईलाई भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिए। चन्द्रपुर नगरपालिकाको दमकल, प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। केही दिनअघि पनि जिल्लाको विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.