|

फुटबल मैदानमा त रोनाल्डोले धेरै रेकर्डहरू आफ्नो नाममा पारेका छन्। कमाइमा पनि अब रोनाल्डोले नयाँ रेकर्ड बनाउन गइरहेका छन्।

रोनाल्डो यो वर्ष विलिनियर स्पोर्ट पर्सनको लिस्टमा शामिल हुने सम्भावना रहेको फोर्व्सले जनाएको छ। फोर्व्सका अनुसार १ विलियन डरल कमाइका साथ रोनाल्डो विलिनियर हुने पहिलो फुटबलर हुने संघारमा रहेको फोर्व्सले जनाएको छ। 

अमेरिकी गल्फ टाइगर वुड्स २००९ मा पहिलो अरवपति खेलाडी बनेका थिए। २०१७ मा अमेरिकी व्यवसायिक बक्सर फ्लायड मेवेदर पनि उड्स समान कमाई गर्दै दोस्रो अरवपति खेलाडी बने। रोनाल्डोको अहिले ८ सय मिलियन डलर करिब ९७३९ करोड नेपाली रुपैयाँ कमाइरहेको छ।

रोनाल्डोले २०१९ मा १०९ मिलियन डलर करिब १३२६ करोड  कमाई गरेका थिए। रोनाल्डो दोस्रो सर्वाधिक बढी कमाउने खेलाडी बनेका थिए। उनले २०१८ मा
युभेन्टससँग ३ सय ४० मिलियन डलर करिब ४१४० करोडको डिल गरेका थिए। त्यस्तै रोनाल्डोले नाइकसँग ८०४ मिलियन पाउन्ड सम्झौता गरेका थिए।

९७ सय ९२ करोडको लाइफ टाइम सम्झौता गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.