राजनीति

प्रदेश, जिल्ला र पालिकाबीचको आवागमनमा रोक लगाउने सरकारको निर्णय

चैत २२, २०७६

    काठमाडौं : सरकारले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन नियन्त्रित रुपमा मात्र गर्न पाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावत नियन्त्रित गर्ने निर्णय लिएको हो ।

    सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्। 

    सरकारले स्वास्थ्यकर्मीलाई बिमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय गर्दै स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउन खोज्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ।

    यसैबीच सरकारले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन गर्ने समितिको विज्ञ व्यक्तिकारुपमा रवीन्द्र भट्टराई र कुन्साङ लामा तथा अपराध पीडित संरक्षण समितिमा डा शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]