|

बागलुङ : छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। उनका ससुरा, बुहारी र दुई नातिको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। 

चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको गौतमले बताए। गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनका परिवारको समेत परीक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.