|

ओखलढुङ्गा : ओखलढुङ्गाका २७ स्थानमा निर्माण गरीएको १९७ शय्याको क्वारेनटाइनमा ११ जना मात्र बसेका छन्। दुईजना आइसोलेसनमा रहेका छन्।

भारत, तेस्रो मुुलुक र जिल्लाबाहिरबाट आएकाहरुलाई घरमै क्वारेनटाइनमा बस्न आग्रह गरिएको लिखु गाउँपालिका–६ का वडाध्यक्ष टिटाराम मगरले बताए।  लिखुमा गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा एकजना पनि छैन।

सिद्धिचरण नगरपालिकामा खाडी मुलक र भारतबाट आएका व्यक्ति गाउँघरमा घुमेको गुनासो आएपछि स्वास्थ्यकर्मीको टोली खटाएर परामर्श दिने र तिनको स्वास्थ्य अवस्था जाँच गर्न थालेको नगरपािलकाले जनाएको छ। नगरभित्र ३५ जना भारतसहित अन्यत्रबाट दुई सातामा भित्रिएको तथ्यांक छ। उनीहरुलाई घरैमा अनुशासित भएर बस्न र क्वारेन्टाइनको नियम पालन गर्न सुझाव दिइएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

नगरपालिकाले स्वास्थ्यमा समस्या देखिएकालाई टोलीले क्वारेन्टाइन र आइसोलेनमा ल्याउन थालेको छ। स्वास्थ्यमा सास्या देखिएका नौजनालाई मंगलबार सदरमुकाममा ल्याइएको छ। तीमध्ये सातजना ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। 

घरमा रहेकाहरु सबैको अनुगमन नियमित गरिने र उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने जनस्वास्थ्य निरीक्षक पवन लामाले बताए। नगरपालिकाभित्रै एक साता पहिले भारतबाट आएर घर परिवारमै बस्दै आएका दुईजनालाई सामुदायिक अस्पताल ओखलढुंगाको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। विदेशबाट नेपाल आउनेको संख्या बढ्दै गएकाले नगरभित्र निर्माण गरिएको २५ शय्याको क्वारेन्टाइन बढाएर ५० बनाउने तयारी थालिएको छ।

मोलुङ गाउँपालिकाले विदेशबाट आएर घरैमा क्वारेन्टाइन बसेकालाई दैनिक फोनबाट परामर्श दिन थालेको छ। बाहिरबाट आएका १६ जना पहिचान भएकामध्ये तीनजनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। 

ओखलढुङ्गामा हालसम्म वैदेशिक रोजगारबाट १४१ जना फर्केको र तीमध्ये ११ जना क्वारेन्टाइन र दुईजनालाई आइसोलेसनमा राखिएको सहायक प्रमुख  जिल्ला अधिकारी तुलसीप्रसाद भट्टाईले जाकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.