ठेकेदारले बेवास्ता गरे, भन्छन् : घर पुगे त बाँचिन्छ

|

स्याङ्जा : लकडाउनका कारण अलपत्र परेका मजदुर घर खाने बस्ने ठाउँको अभाव भएपछि पैदलै घर फर्किरहेका छन्। काम ठप्प भएपछि अहिले सिद्धार्थ राजमार्गमा दर्जनौंको संख्यामा मजदुरहरु घर फर्किरहेका छन्। 

सरकारले एक स्थानीय तहबाट अर्कोमा जना प्रतिबन्ध लगाए पनि उनीहरू जिल्ला जिल्ला छिचोल्दै यात्रारत छन्। दैनिक ज्याला मजदुरी गरेर खाने यस्ता मजदुरलाई भने यो संक्रमणको त्रासभन्दा खाद्यान्‍न अभाव हुने डरले पिरोलेको छ। हातमा पानीको बोत्तल, पिठ्युँमा बिस्तरा र लुगाका पोका बोकेर उनीहरु लस्करै हिँडिरहेका छन् । 

ठेकेदारले बेवास्ता गरेपछि पोखरा स्याङ्जा हुँदै बाँके बर्दिया, दाङ, नेपालगन्जलगायत ठाउँका मजदुर पैदलै घर फर्किरहेका हुन्। स्याङ्जाको वालिङबाट नेपालगन्ज हिँडेका कैलाश चौधरी भन्छन्, ‘कोठामा खानेकुरा छैन, गोजीमा पैसा छैन। घर पुगे त बाँचिन्छ। ठेकेदारले काम गरुन्जेल मात्र माया गर्ने रहेछन्।’

उनीसहित १४ जनाको समूह जिल्ला जिल्ला पार गर्दै  गन्तव्यतर्फ हिँडिरहेका छन्। खर्च अभावमा उनीहरु चिउरा र पानी खाएर यात्रा गरिहेका छन्। गडहवा गाउँपालिका दाङका शरद जिसी पनि १२ जनाको समूहमा यात्रा गरिरहेका छन्। जोखिमपूर्ण ढंगले उनीहरु अहिले घरतर्फको बाटो नाप्दैछन्। 

भिडियो   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.