वडाअध्यक्ष भन्छन् : राहतलाई लिएर कुटाकुट भयो

|

इटहरी : सुनसरीको दुहबीमा लकडाउनको बेला इँटा उद्योग चलाएको निहुँमा झडप भएको छ। दुहबी नगरपालिका-९ मा रहेको जयबाबा इँटा उधोग चलाएको सूचना मोहम्बद ताबिज हुसेनले सञ्‍चारमाध्यममा दिएको भन्दै झडप भएको हो ।

दुहबी-९ छातावेलीमा दुई पक्षबीचको झडपमा एक प्रहरीसहित १२ युवा घाइते भएका छन्। झडपका क्रममा प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ। 

स्थानीय हुसेनले वडाध्यक्ष समेत संलग्‍न रहेर संचालन हुदै आएको इँटा उद्योग लकडाउन खुलेको भन्दै स्थानीय मिडियालाई जानकारी दिएपछि वडाध्यक्षले कुटेको आरोप लगाएका छन्। इँटाभट्टा बन्द गर्नु पर्छ भनेर सूचना दिने पक्ष र सूचना दिएको आरोप लगाउने पक्षबीच विवाद उत्पन्‍न भएको थियो।

दुइ समूहबीचको विवादले उग्ररुप लिएपछि आज बिहान ८ बजे झडप हुँदा १३ जना घाइते भएका छन। घाइते ताबिज मियाँका अनुसार लकडाउनमा इँटा उद्योग चलाउँदा भारतीय मजदुरहरु गाउँ घुम्ने गरेको सूचना प्रहरी र संचारकर्मीलाई दिएको भन्दै दुहबी-९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आक्रमण भएको हो।

प्रहरीलाई पटक पटक उद्योग संचालनमा रहेको जानकारी गराए पनि  बन्द गराउन नसकेको आरोप उनीहरुले लगाएका छन्। घाइते भएकाहरुले केही दिनअघि उद्योगका भारतीय मजदुर किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको सूचना स्थानीय सञ्‍चारमाध्यममा दिएका थिए। संचारमाध्यममा समाचा आएपछि वडाध्यक्षले नै कुटपिट गरेको आरोप उनीहरुले लाएका छन्। 

वडाध्यक्ष भन्छन् : राहातमा राजनीति भयो

कुटपिटबारेमा बुझ्‍न खोज्दा दुहबी-९ का वडाध्यक्ष मेहदी हुसैन भने राहातमा राजनीति गर्न खोजेको बताए। आफूले कसैलाई हातपात नगरेको बताउँदै उनले राहतलाई लिएर स्थानीयबीच झडप भएको जानकारी पाउनसाथ प्रहरीलाई खबर गरेको स्पष्टीकरण दिए।

स्थानीयबासी भने वडाध्यक्षको कुरा मान्‍न तयार छैनन्। झगडा भएको २ घण्टापछि राहात वितरण सुरु भएको स्थानीयको दाबी छ। दुहबी-९ छाताबेली स्थानीय मोहम्मद मोलिमका अनुसार राहतबारे झडप भएको होइन। 'राहत त झडप भएको २ घण्टापछि वितरण गरिएको हो', उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.