|

जुम्ला : जुम्लाका स्थानीयले लकडाउनको पूर्ण पालन गर्न पुलमा बार लगाएका छन्। तिला गाउँपालिका–४ सापुल्लीका स्थानीइले झोलुङ्गे पुलमा ढुंगाको बार लगाएका हुन्।

सापुल्ली–ताम्ती टोप्ला हुँदै जाजरकोट जाने सडकमा निर्माण भएको झालुङ्गे पुलमा ढुंगाको बार लागाएका हुन्। एक गाउँबाट अर्को गाउँमा आवतजावत नहोस् भन्नका लागि ढुंगाको बार लगाएको स्थानीयको भनाइ छ। पुलमा बार लगाएपछि आवतजावत ठप्प भएको छ। यसअघि उत्तल पुलमा मोटरसाइकल आउने जाने गर्दै गर्थ्यो। 

कोराना भाइरसविरुद्धको सचेतना फैलाउन गाउँ पुगेको जनप्रतिनिधिको टोलीसँग स्थानीयले सल्लाह गरेर उक्त उपाय गरेका हुन्। गाउँमा प्रवेश गर्दा अनिवार्य स्वास्थ्य सहायता केन्द्रमा गएर चेकजाँच गराउनु पर्ने, भारत तथा अन्य मुलुकबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने स्थानीयले बताउँदै आएका छन्।

अपरिचितलाई गाउँ प्रवेशमा रोक

तीन दिनअघि गाईवस्तुलाई घाँस खरिद गर्न तिला गाउँपालिका–९ ढिपु गाउँमा गएका सातजना रित्तो हात फर्किए। ढिपु गाउँका स्थानीयले गाउँसम्म जान नदिएपछि उनीहरु बीच बाटोबाटै फर्किएका हुन्।

अहिले अपरिचित व्यक्ति गाउँमा प्रवेश गर्न नदिएको ढिपु गाउँका सार्कीबहादुर बोहोराले बताए। गाउँमा कोराना संक्रमण हुन नदिन अपरिचितलाई गाउँमा छिर्न रोक लगाएको बोहोराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.