|
फाइल तस्बिर

मुगु : छायानाथ रारा नगरपालिका–११ रोवा गाउँकी ३० वर्षीया  बैशाखी विक शुक्रबार खाद्यान्नको जाहो गर्न भन्दै सदरमुकाम गमगढीमा पुगिन्। खाद्य संस्थान, बजार बन्द देखेपछि उनी त्यतिकै फर्किन्।

छायाँनाथ–४ का दीपबहादुर भियाल मजदुरी गरेको ज्याला माग्न जाँदा साहुले लकडाउन भएका कारण आफुसँगै पैसा नभएको भन्दै फर्काए। दैनिक ज्याला मजदुरी गरेर घरपरिवार चलाउँदै आएका भियाललाई साहुले पैसा नदिएपछि घरमा तीन महिनाको सुत्केरी पत्नी र बुढी आमालाई बिहान बेलुकी कसरी छाक टार्ने भन्ने चिन्ताले सताएको छ।

वडा नम्बर ४ कै ६० वर्षीया रिसमकला भियाल सदरमुकाम गमगढीमा दैनिक भारी बोकेर आम्दानी गर्दै आएकी थिइन्। लकडाउनपछि कमाई ठप्प भएकाले उनको परिवारलाई समेत बिहान बेलुकी के खाउँ भन्ने चिन्ता छ।

डाउनका कारण मुगुका चारवटै स्थानीय तहका ज्याला मजुदरी गरेर जीविकोपार्जन गर्दै आएकाहरुलाई यतिबेला बिहान बेलुकी छाक टार्ने समस्याले सताएको छ। 

घर बनाउने र कपडा सिलाएर घरपरिवार चलाउँदै आएका सोरु गाउँपालिका–९ का ५५ वर्षीय नन्द नेपालीलाई पनि यतिबेला सातजना परिवारको छाक छार्ट धौधौ परेको छ। ‘नजिकै रहेको कालै प्रहरी चौकी र वडा कार्यालयले लकडाउनको अबधिभर घरबाहिर ननिक्सन भनेपछि कमाई गर्ने सबै बाटो बन्द भयो,’ उनले भने, ‘बिहान बेलुका खोले खाएर बसेका छौं । हामी भोक भोकै भएको सरकारले देखेको छैन। कहिलेसम्म यसरी बस्नु पर्ने हो।’

यस क्षेत्रमा रहेका अधिकांश दलित परिवारको बस्ने घरबाहेक खेती जग्गा नभएको दलित अधिकारकर्मी धिरज नेपाली बताउँछन्। एक हल जग्गामा गरेको खेतीले दुई महिना पनि नपुग्ने भएकाले उनीहरु ज्याला मजदुरी पेशा गर्न बाध्य छन्।

लकडाउनका कारण घरबाहिर निस्किन नपाएपछि कमाई गर्ने बाटोनै बन्द भएको तर स्थानीय सरकाले अहिलेसम्म राहत नदिएको उनीहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.