|

डडेल्धुरा : कोरोना भाइरस ९कोभिड १९० को संक्रमण बढ्दै गएपछि सरकारले गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई समस्या भएपछि डडेल्धुरा जेसिजले ६०० परिवारका लागि सरसफाई सामग्री हस्तान्तरण गरेको छ।

आइतबार दिउँसो संस्थाले जिल्ला सदरमुकाम डडेल्धुरामा चारवटा स्थानीय तहहरुलाई उक्त सरसफाई सामग्री हस्तान्तरण गरेको हो। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो।

प्रति स्थानीय तह १५० जनाका दरले प्रतिव्यक्ति २ पिस हातधुने साबुन, कोलगेट र ब्रस प्रदान गरिएको डडेल्धुरा जेसीजले जनाएको छ।संस्थाका संस्थापक, पूर्व अध्यक्षहरु र बोर्डका पदाधिकारी एवम् सदस्यहरुबाट संकलित ६५ हजार रकमबाट उक्त सरसफाई सामग्री खरिद गरिएको डडेल्धुरा जेसीज वर्ष २०२० का अध्यक्ष वरुण पनेरुले जानकारी दिए।

सामग्री बुझ्दै अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जेसीजबाट प्राप्त सहयोग दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई वितरण गरिने बताए। 

सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम डडेल्धुरा जेसीजका पूर्व अध्यक्ष उत्तर बिष्ट, निवर्तमान अध्यक्ष गणेश भट्ट र डडेल्धुरा जेसीज वर्ष २०२० का बोर्डका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

डडेल्धुरा जेसीज वर्ष २०२० का अध्यक्ष वरुण पनेरुले स्वास्थ्य सामग्री खरिद गर्नका लागि सहयोग पुर्‍याउने डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू र बोर्डका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुमा धन्यवाद ज्ञापन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.