|
बुटवलमा रहेको कोरोना विशेष (अस्थायी) अस्पताल ।

अर्घाखाँची : प्रदेश ५ मा हालसम्म ९४ जनामा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन स्वाब परीक्षण गरिएको छ। 

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गरिएकामध्ये ८४ जनामा कोरोना जिवाणु संक्रमण नभएको पाइएको छ। बाँकी १० जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ। 

प्रदेश ५ का १२ ओटा जिल्लामा कोरोना आशङ्का गरिएका १३६ जनामध्ये १६ जनालाई अहिले आइसोलेशनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले जानकारी दिए।

प्रदेशका १२ जिल्लामा पाँच हजार नौ सय ५१ शय्या क्षमताका कूल तीन सय नौ वटा क्वारेन्टाइन तयार गरिएको छ। यी क्वारेन्टाइनमा हालसम्म दुई हजार चार सय ३१ जनालाई राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.