|

काठमाडौं : कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो।

औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भए पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो।

राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरे पनि अनिवार्य पास लिनुपर्ने र सवारीसाधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए।

अहिले एचआईभीसँग सम्वन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधि पुर्‍याउन थाले पनि एक स्थानीय निकायदेखि अर्को जान बन्द गर्ने निर्णय सँगै भने समस्या आउन सक्ने उनको भनाइ छ।

हाल देशभर १८ हजार ५ सय ५५ जना एआर्टी लिनेको संख्या रहेका छन्। समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजिमा व्‍याप्त पुरानो विचार धारा, लाञ्‍छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधि लिनेहरुमा समस्या देखिएको छ।

यद्यपि महासंघले आपसी समन्वयमा सम्बन्धित जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि तत्‍काल समस्या समाधान गरिहेको छ।

एचआइभी संक्रमितले लिँदै आएको औषधि एआर्टीको स्टक दुई महिनाको लागि मात्र रहेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ।

काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिँदै आएका छन्। ठूलो संख्यामा औषधि लिने एकै मात्र एआर्टी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधि लिनेहरुको घर घर औषधि पुर्‍याउने काम भइरहेको छ।

हाल देशभर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधि लिँदै आएका छन्। यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधिको प्रयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.