|

डोल्पा : मौसमी रुघाखोकीका बिरामी बढ्‍न थालेपछि ठूलिभेरी नगरपालिकाले औषधि र उपकरण खरिद गरेको छ।

नगरपालिकाभित्र केही साताअघि फैलिएको मौसमी रुघाखोकी र विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)विरुद्ध पूर्व-सतर्कता अपनाउनका लागि आवश्यक औषधि र उपकरण खरिद गरेको हो।

डोल्पामा चिसो हट्ने र गर्मी सुरुहुने समय यही भएकाले पनि स्वास्थ्य संस्थाहरुमा मौसमि रुघाखोकीका बिरामी बढ्‍न थालेपछि सिटामोल, एमोक्सोसिलिन लगायतका अत्यावश्यक औषधि खरिद गरिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी, कोरोनाविरुद्धको पूर्व-सतर्कताका लागि पिपिई, सर्जिकल मास्क, इन्फ्रेड थर्मोमिटर, ग्लोब्स, सेनिटाइजर लगायतका सामग्री खरिद गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक रानाले जानकारी दिए।

आधा सामाग्रिहरु डोल्पा पुर्‍याएर पनि विभिन्न वडामा बितरण भइसकेको र आधा डोल्पा लैजाने तयारी गरिरहेको समेत उनले बताए।

'कोरोना भाइरसको जोखिम लाई मध्येनजर राख्दै नगरपालिकाले थुप्रै तयारी गरेको छ, डोल्पामै सबै भन्दा पहिला इन्फ्रेड थर्मोमीटर ल्यायर जुफाल विमान्स्थलमा जाँच गर्ने हामि हौँ,निकट भविश्यमै नगरपालिकाले छुट्टै विपत ब्यवस्थापन कोष खडा गर्दैछ' उनले भने।

“त्यसैगरि नगरक्षेत्रका मुख्य नाकाहरुमा हेल्थ डेस्क स्थापना, दुनै,जुफाल र माझफालमा क्वारेन्टाइन निर्माण,त्यहाँ आवाश्यक ग्याँस,कपडाहरु ब्यवस्थापनका साथै कोरोना भाइरस बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छौँ।'

नगरभित्रका जनशक्ति परिचालन गर्दै संकटको घडिमा स्थानीय प्रशासन,प्रदेश र केन्द्र सरकार सँग समन्वय गरेर आवाश्यक कामहरु गरिरहेको समेत रानाले बताए। सबै गरेर तीस देखि पैँतिस कार्टुन औषधि उपकराण खरिद गरेको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.