आइसोलेसनमा १०७ जनाको उपचार हुँदै

|

काठमाडौं : देशभरका क्‍वारेन्टाइनमा सोमवारसम्म ९ हजार एक सय ६८ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ बारे जानकारी दिँदै यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा आइसोलेसनमा हाल १२ जना उपचाररत रहेको पनि उल्लेख गरेका छन्। त्यसैगरी उपत्यका बाहिरका अस्पतालमा ९५ जनाको उपचार भइरहेको उनले जानकारी दिए।

चैत महिनाभरी विदेशबाट काठमाडौं आएकाहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयबाट टोली परिचालित भइसकेको बताउँदै उनले स्थानीय सरकारहरुसँग समन्वय भइरहेको पनि उल्लेख गरे। 

उनले कोभिड-१९ सम्बन्धी निदान र उपचारमा अस्पतालहरुले गरेको कामबारे पनि अनुगमन भएको जानकारी दिए। वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति अस्पताल, पाटन अस्पताल र काठमाडौं मेडिकल कलेजसहितमा अनुगमन गरिएको उनले जानकारी दिए। 

'अस्पतालहरुले काम गरेको बारेमा हामीले बुझ्यौँ। बिरामीहरु भौतारिइरहेकोबारेमा हामीले हेरेका छौं। बिरामीको सेवाको बारेमा पनि अनुगमन भएको छ', उनले भने, 'अनुगमनको रिपोर्टबारेमा छलफल भइरहेको छ। मेडिकल काउन्सिल र मेडिकल एसोसियसनसहित सहभागी टोलीले अनुगमन गरेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.