|

सिन्धुली : २४ चैत। सिन्धुलीको कमलामाई नगरपालिकाले अग्रिम रुपमा सामाजिक सुरक्षा भत्ता विरतण गरेको छ। लकडाउनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै दुई महिनाको भत्ता वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सोमबार (आज) देखि अग्रिम रुपमा सामाजिक सुरक्षा भत्ता वितरण थालेको जनाएको छ। सोमवार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री आफैं भत्ता वितरणमा सहभागी भएका थिए। नगरले चैत र वैशाख महिनाको सामाजिक सुरक्षा भत्ता अग्रिम दिएको हो। 

नगरपालिकाको १४ वटै वडामा एकैसाथ सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु भएको नगरप्रमुख खत्रीले बताए। सोमवार कमलामाई नगरपालिका वडा नं ६ राम्माडीस्थित नुनथलामा वडा नं. ६ का अध्यक्ष उज्जवल कुमार थापाको उपस्थितिमा नगर प्रमुख खत्रीले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। 

कमलामाई नगरपालिकाको तथ्यांकअनुसार ज्येष्ठ नागरिक, एकल महिला, अपांता भएका व्यक्ति, अल्पसंख्यक समुदायलगायत सात हजार ६ सय २ जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.