|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले ‘टोकन प्रणाली’मार्फत राहत वितरण सुरु गरेको छ। नगरपालिकामा रहेका निम्म वर्गका व्यक्तिहरुको तथ्यांक संकलनपश्चात वडा नं ५ मा सोमबारदेखि राहत वितरण सुरु गरिएको हो। 

वडाध्यक्षको हस्ताक्षर गरिएको टोकनमा राहत पाउने व्यक्तिले पाउने सामग्रीहरु चामल १५ केजी, दाल २ केजी, तेल १ पोका, नुन १ पोका र साबुन २ पिस उल्लेख गरी पसलमा पठाइने व्यवस्था गरिएको छ। खाद्यान्न सामग्री बिक्री गर्ने पसलहरूसंग सम्झौता गरी वडा कार्यालयले सबैको पायक पर्ने पसलका नाममा टोकन उपलब्ध गराएर राहत वितरणको नयाँ अभ्यास सुरु गरेको हो। 

वडामा हरेक स्थानमा पसल रहेकाले कसैलाई पनि असहज नहुने वडाध्यक्ष खेमराज पाठकले बताए। वडामा रहेका करिब १ सय ५० जना दैनिक ज्याला मनदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको उनले बताए। पसलहरुमा भीडभाड नहोस् भन्नका लागि सबै क्षेत्रका पसलहरुका नाममा टोकन बनाइएको र थोरै मात्रामा मात्रै मान्छेहरुलाई पठाइने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ। व्यवस्थित रुपमा राहत प्राप्त गरेपछि स्थानीय भने निकै खुसी भएका छन्। 

राहत वितरण गरिने सम्पूर्ण पसलहरूमा समेत सामाजिक दूरी कायम गरी राहत सामग्री हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.