कञ्चनपुर : भारतको स्थानीय प्रशासनले कञ्चनपुरको सीमावर्ती क्षेत्र वनवासा र टनकपुर लगायतका स्थानमा २३८ जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखेको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय पक्षबाट मागेको जानकारी अनुसार लकडाउन गरिएपछि भारतबाट सीमा क्षेत्र हुँदै घर फर्कने नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको हो। क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतीय पक्षले बस्ने र खाने व्यवस्था गरेको छ।
जिल्लामा रहेका चिनीमिल, इटाभट्टा लगायतका उद्योग, कालकारखानमा कार्यरत स्वदेशी तथा विदेशी कामदारहरुको विस्तृत विवरण माग गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकोय अधिकृत कृष्णनन्द जोशीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।