|

दैलेख : कोरोना भाइरस संक्रमणको आशंकामा दैलेखमा नौ जनाकाे स्वाब संकलन गरिएको छ। नौमुले गाउँपालिकामा भारतलगायत अन्य मुलुकबाट भित्रिएका उनीहरुको स्वाब संकलन गरिएको हो। 

स्वाब संकलनका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट २ जनाको टोली र स्वास्थ्य सेवा कार्यालय दैलेखबाट २ जना टोली नौमुले पुगेर सोमबार स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले बताए। जिल्लाका ११ वटै स्थानीय तहमा भारतलगायत अन्य मुलुकबाट भित्रिएका व्यक्तिहरूको पहिचान गरिएको र सोहीका आधारमा स्वास्थ्य जाँच र स्वाब परीक्षण गरिने डा पन्तले बताए । 

स्वास्थ्य सेवा निर्देशनालयको टोली स्वाब संकलनका लागि मंलबार दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिका पनि पुग्नेछ। विदेशबाट दैलेख आएका व्यक्तिहरूको संख्या १४ सय बढी पुगेसँगै जिल्लामा कोरोना संक्रमण हुन नदिन सतर्कता बढाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.