मेयरहरू भन्छन् : दैवीशक्ति र लकडाउनले सुरक्षित छौं

|
कोरोनाले नछोएको स्पेनको एउटा गाउँ। तस्बिर : डेली मेलबाट

एजेन्सी : कोरोना भाइरसले विश्व नै भयावह स्थितिमा छ। चीनको वुहानबाट गत डिसेम्बर ३० मा सुरु भएको कोरोना भाइरसको आतंकले अहिले पूरै युरोप गालेको छ। दक्षिण र उत्तर अमेरिकी मुलुकहरुमा पनि यसको डरलाग्दो असर देखिएको छ।

विश्वका शक्तिशाली भनिने देशसमेत कोरोना भाइरससँग लड्न सकिरहेका छैनन्, निरीह बन्दैछन्। यो ४ चार महिनामा विश्वभर ७० हजार मानिसको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ।

चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसले अहिले युरोपका दुई मुलुक इटाली र स्पेनलाई नराम्रो गरी थला पारेको छ। इटालीमा १६ हजारको हाराहारीमा ज्यान गइसकेको छ।

त्यस्तै स्पनेमा पनि १३ हजार भन्दाबढी मानिसको ज्यान गइसकेको छ। नयाँ संक्रमितको संख्या आश्चर्यजनक तरिकाले बढिरहेको छ। तर यिनै इटाली र स्पेनका केही ठाउँमा भने एकजनाको पनि ज्यान गएको छैन। मृत्युको कुरा छाडौं, जहाँ एकजना संक्रमित भेटिएका छैनन्।

इटालीको पूर्वी क्षेत्रमा रहेको गाउँ जहाँ एक जना पनि कोरोना संक्रमित फेला नपरेका हुन्। इटालीको पूर्वी क्षेत्रमा अवस्थित पियदमोन्टको मोन्ताल्दो तोरिनिज गाउँ जुन तुरिन शहरसँगै जोडिएको छ।

यो गाउँले एउटा छुट्टै पहिचान बोकेको छ। जब नेपोलियन बोनापार्टका सैनिक निमोनिया भएर बिरामी परेका थिए तब यसै ठाउँको कुवा र पोखरीको पानी आफ्ना सेनालाई पिलाएका थिए।

जसका कारण उनका सैनिक बौरिएका थिए भन्ने गरिन्छ। हाल त्यहाँका मानिसहरु यहीँको पानी खाइरहेका छन्। इटालीको विकट क्षेत्र भएकाले त्यहाँ बाहिरबाट आएका मानिसको संसर्ग कम हुन्छ। त्यहीकारण कारोनाको सम्भावित जोखिम नबढेको हुन सक्ने अनुसन्धाताहरुले बताएका छन्।

मोन्ताल्दो तोरिनिज भन्ने गाउँ पियदमोन्टबाट झन्डै १९ किलोमिटर दूरीमा पर्छ। पियोदमोन्टका मेयर सर्गेई गियोत्तीले भन्छन्, ‘यहाँको स्वच्छ हावा र कुवाको पानीका कारण अहिलेसम्म हामी ठीक छौं।’

यस ठाउँको पानीमा दैवी शक्ति रहेको भन्दै नेपालियन बोनापार्टको उदाहरण दिँदै उनले पनि यस ठाउँमा स्वच्छ हावा र स्वस्थ जीवनशैलीले नै आफूहरु अहिलेसम्म सकुशल रहेको बताए।

देशमा आतंकका रुपमा फैलिरहेको कोरोना भाइरससँग जुँध्न आफूले पनि आफ्ना नागरिकलाई सचेत पारेको बताए।

स्पेनमा पनि…

स्पेनमा पनि यस्तो शहर छ, जहाँका नागरिकमा हालसम्म कोरोना भाइरस संक्रमण देखिएको छैन। स्पेनको जहारा डे ला सियर्रा नामक उक्त गाउँमा हालसम्म कोरोना भाइरसले प्रवेश पाएको छैन।

स्पेनको पहाडी क्षेत्रमा पर्ने यस ठाउँले विश्वमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि आफूलाई सुरक्षित राख्न सफल भएको छ।

स्पेनको दक्षिणी भेगमा पर्ने यस ठाउँका मेयरले जब ४ मार्चमा देशले सबैलाई चेतावनी दिएपछि उनले पनि आफ्ना पाँचमध्ये ४ वटै नाका बन्द गरेको बताए। डि ला सियामा १४ सय मानिस रहेका छन्।

यस ठाउँका मेयर सान्टियागो गाल्वनले भने, ‘अन्य सहरमा जाने एउटा मात्र बाटो खोलेका छौं, त्यो बाटो भएर पनि सेना प्रहरी मात्र जान सक्छन्, सबैलाई रोक लगाइएको छ।’

उनका अनुसार त्यहाँ दैनिक कीटनाशसक औषधि छर्कने गरिएको छ। साथै त्यस क्षेत्रमा हरेक दिन गाडीको टायरमासमेत औषधि छर्किने गरिएको छ। त्यसैगरी सोमबार र बिहीबार त्यहाँ साँझ साढे ५ बजेदेखि १० बजेसम्म शहरलाई बाहिरी सम्पर्कबाट अलग राख्ने गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.