|

तनहुँ : विद्युत सर्ट भई आगलागी हुँदा दुई घरमा नष्ट भएका छन्। तनहुँको व्यास नगरपालिका ७ क्यामिन छाप सामलीका तिलविक्रम परियार र गोकर्ण परियारको घरमा विद्युत् सट भएर सोमबार आगलागी भएको हो। 

आगलागीबाट दुवै घर पूर्ण रुपमा नष्ट भएको व्यास नगरपालिका ७ का वडा अध्यक्ष सतिस न्यौपानेले जानकारी दिए। ‘खरको छानो भएको घरमा विद्युत सट भई आगलागी हुँदा दुवै घर पूर्ण रुपमा नष्ट भएको छ। तर मानवीय क्षति भने भएको छैन,’ न्यौपानेले भने।

गोकर्णको गोठमा रहेको बच्चासहितको माउ बाख्रालाई भने चोट लागेको उनले बताए। आगलागीबाट घरमा रहेका खाद्य सामग्री, लत्ताकपडा गरी करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको न्यौपानेले बताए।

सामान्य कपडा बाहेक केही पनि सामग्री जोगाउन सकिएको छैन। उनका अनुसार तिल विक्रमको करिव सात लाख र गोकर्णको छ लाख बराबर क्षति भएको छ। दुवै परिवारको संरक्षण र बस्ने व्यवस्थापनका लागि टोल समिति र वडा सदस्य युवराज गुरुङलाई जिम्मा लगाइएको छ। उनीहरूलाई बस्नका लागि सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ।

अन्य सरकारी तवरबाट हुने सहयोगका लागि वडा अध्यक्ष न्यौपानेले व्यवस्थापन गर्ने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.