|

सिंगापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन्। उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्वारेन्टाइनमै बस्नुपर्ने सिंगापुरको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ। 

क्वारेन्टाइनमा बसेका कामदारलाई पारिश्रमिक भने उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। सिंगापुरमा सोमबारसम्म कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या एक हजार ३०९ पुगेको छ भने छ जनाको मृत्यु भएको छ। कुल ४० हजारको परीक्षण गरिएको छ। संक्रमितमध्ये ३२० जना सन्चो भएर घर फर्किएका छन् भने अरु ९८३ जना अझै पनि विरामी अवस्था मै रहेका छन्। ती मध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्। 

संक्रमण फैलिने क्रम चलिरहेकाले सरकारले मंगलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ। लकडाउन लागू गरिने भएकाले एक महिनाका लागि शैक्षिक संस्था तथा अत्यधिक मानिसहरूको ओहोरदोहोर हुने अन्य कार्यस्थललगायतका क्षेत्र बन्द गर्न लगाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.