|

कञ्चनपुर : नेपाली कांग्रेस कञ्‍चनपुरका महासमिति सदस्य हेमराज ओझाले कञ्‍चनपुरका स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेका छन्।

कांग्रेसका नेता ओझाले ५० थान पिपिई .उपलव्ध गराएका हुन्। कृष्णपुर नगरपालिकालाई ११ थान, शुक्लाफाँटा नगरपालिकालाई ७ थान, बेदकोट नगरपालिकालाई सात थान र लालझाडी गाँउपालिकालाई तीन थान उपलब्ध गराएका छन्। 

यस्तै, रैकवार स्वास्थ्य चौकीलाई छ थान, रैकवार विचवा रेडक्रसलाई चार थान, वाणी रेडक्रस उपशाखालाई दुई थान, देखतभूली स्वास्थ्य चौकीलाई तीन थान, कृष्णपुर नगरपालिकास्थित सहरी स्वास्थ्य केन्द्रलाई एक थान, वाणीस्थित एम्बुलेन्स चालकलाई एक थान पिपिई उपलव्ध गराइएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय गुलरीया, प्रहरी अस्थायी पोष्ट वाणी र रैकवार विचवालाई सरसफाईका सामग्री समेत उनले उपलब्ध गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.