|

दाङ : दाङमा तोकिएको भाडा भन्दा बढी रकम लिने एम्बुलेन्स र चालक, मेडिकल सञ्चालकका छोरालाई प्रहरीले पक्राउ गरेको छ।

दाङको  लमही रहेको कृपा पोलिक्लिनिक एण्ड मेडिकल हलले संचालन गरेको  रा १ च ८२५ नम्बरको एम्बुलेन्सले लमहीदेखि तुलसीपुर बिरामी लैजाने क्रममा तोकिए भन्दा बढी भाडा लिएको सूचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी मेडिकल संचालकका छोरा लमही ५ निवासी ४० वर्षीय कृष्ण आचार्य र एम्बुलेन्स चालक सोही ठाउँका ५० वर्षीय भुषाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

लमहीबाट तुलसीपुर सम्मलाई ३५ सय भाडा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.