|

सल्यान : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण,उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न नगरपालिका र गाउँपालिकालाई बजेट विनियोजन गरेको छ।

कर्णाली प्रदेश मन्त्रीपरिषदको वैठ्कले नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाख रुपैया दिने निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रीपरिषदको बैठ्कले विरेन्द्र नगरपालिका सुर्खेतलाई ३० लाख अन्य नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाख स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला केसीले बताइन्। 

वैठकले देश बाहिर र प्रदेश बाहिर अलपत्र परेका कर्णाली प्रदेशका नागरिकको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ।

ठूलो मात्रामा भारतलगायतका अन्य देशबाट आएका कर्णाली प्रदेशका नागरिकमा कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिम भएकाले तत्काल घुम्ती प्रयोगशाला परीक्षण सेवा व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता केसीले बताइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.