चार्टर्ड उडानबाट धमाधम फर्किँदै पर्यटक

|

काठमाडौ : विदेशी नागरिक धमाधम नेपालबाट फर्किरहेका छन्। लकडाउन गरिएसँगकै तीन हजार भन्दा धेरै पर्यटकले नेपाल छाडिसकेका छन्।

सरकारले मुलुकमा लकडाउन लम्ब्याइरहँदा पर्यटकहरु भने धमाधम चार्टर्ड जहाजमा देश फर्किरहेका हुन्। बुधबार मात्रै पाँच सय ५० भन्दा बढी विदेशी नागरिक दुईवटा चार्टर्ड उडानमार्फत् स्वदेश फर्किँदैछन्। 

जर्मनी, फिन्ल्यान्ड र बेलायतका नागरिक स्वदेश फर्किएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले कतार एयरवेज र टाइटन एयरवेजका दुई उडानका लागि अनुमति दिएको छ।

कतार एरवेजको जहाज बिहान ११ बजे आएर १२ बजे जर्मन नागरिक लिएर जाने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार टाइटन एयरवेजको जहाज १२ बजे आएर १ बजे बेलायती नागरिक लिएर प्रस्थान गर्नेछ। कतार एयरवेजमार्फत जर्मनीका नागरिक दोहा हुँदै घर जाने भएका छन्।

टाइटन एयरवेज दुबई हुँदै बेलायत जानेछ। लकडाउन अवधिभर विदेशी नागरिक तीन हजार भन्दाबढी स्वदेश फर्किसकेका छन्। अन्तर्राष्ट्रिय उडानको लागि १६ वटा विमानले उडान भरिसकेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.