|

अर्घाखाँची : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कलाई कारवाही थालेको छ। लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरुवात गरिएको हो। 

राज्य नै कोरोनासँग जुधिरहेका बेला बिनाजानकारी अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाहीस्वरुप सेवाबाट हटाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले जनाएका छन्।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा प्रकृति कार्कीलाई सेवाबाट हटाइएको मेसु डा खनालले जनाएका छन्। 

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित थिए। हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए। 

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न निर्देशन दिइएको बताए। मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक, कर्मचारीलाई सेवाबाट हटाउन निर्देशन दिएका हुन्। 

मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारवाही प्रकृया शुरु भएको जानकारी दिँदै कोरोना भाइरसको संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई पनि कारवाही गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.