अफ्ठेरो पर्दा आउन जानै मुस्किल

|

सुर्खेत : अहिले विश्व कोरोना भाइरसको महामारीको चपेटामा छ। विश्वका धेरै देशहरुमा लकडाउन जारी छ। 

नेपालमा पनि अहिले लकडाउन जारी छ। लकडाउनमा सरकारले सीमानाका बन्द गरेको छ। एक प्रदेशबाट अर्को प्रदेशमा र एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा आवतजावतमा कडाई गरिएको छ।

तर कतिपय ठाँउमा सार्वजनिक सडक नै बन्द गरेर टोल टोलमा बार लगाइएको छ। बीच सडकमा छेकबार लगाएर प्रवेश निषेध लेखिएको छ।

कोरोनाको त्रासमा छेकबार लगाउँदा पनि हुल जम्मा हुने गरेका छन्। मास्ककोसमेत प्रयोग गरिएको छैन। 

पत्रकार महांसघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले सार्वजनीक बाटो बन्द गर्ने कामको बिरोध गरेका छन्। उनले बाटो तत्काल खोल्नुपर्ने माग गरेका छन्। 

कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन गरिएको अवस्थामा स्थानीय नागरिकहरु आफ्नो घरमा बस्न छोडेर सार्वजनीक बाटो बन्द गराउने काममा सक्रिय हुँदा अर्को जोखिम बढेको छ।

सार्वजनकि बाटो बन्द गर्दा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा संचारकर्मीलाई आवतजावतमा समस्या भएको छ। सडक थुनिँदा एम्बुलेन्स र सुरक्षाकर्मीलाई हिँड्न असहज भएको छ भने कुनै दुर्घटना भए उद्धारमा जान पनि यसले अफ्ठेरो बनाएको छ।

वीरेन्द्रननगर–१० का स्थानीय मोहन मल्लले सडकमा छेकबार गर्नु राम्रो नभएको बताए। ‘राति कसैलाई समस्या भयो या आगालागी जस्ता घटना भएमा के गर्ने?’ उनले भने, ‘त्यति बेला त्यो सडक राति कसले खोलीदिन्छ ? बरु सबै घरभित्र बस्नुपर्छ, बाटो बन्द गरेर समस्याको समाधान हुदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.