|

हेटौंडा : नेपाल भारत मैत्री संघको समन्वयमा मकवानपुरको हेटौंडा अस्पताललाई कोरोना भाइरस (कोभिड १९) को रोगसँग लड्नका लागि विविध सामग्री प्रदान गरिएको छ। संघसँगै एलआइसी नेपाल, नेपाल एसबीआई बैंक, नेपाल एभरेस्ट बैंक, एसियन पेन्ट्स र बर्जर पेन्ट्सले  ती सामग्री हस्तान्तरण गरेका हुन्। 

१० वटा आइसियू र २ सय थान पिपिई 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालमार्फत उक्त स्वास्थ्य समग्री हस्तान्तरण गरिएको हो। जसमा १० थान आइसियू बेड र यसलाई चाहिने आवश्यक सामग्री, २ सय थान फुल पिपिई, २ थान अक्सिजन सहयोग गरिएको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ हरिबहादुर खड्काले जानकारी दिए। 

हस्तान्तरण कार्यक्रममा मैत्री संघका अध्यक्ष राजकुमार सिन्धी, एलआइसी नेपालका हेटौंडा शाखा प्रबन्धक जितेन्द्र साह, नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक भरतप्रसाद अधिकारीलगायतले सामग्री हस्तान्तरण गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.