|

इटहरी : सामान्य अवस्थामा प्रकाशपुरको धरहरा कृषि सहकारीले यो समयमा एक हजार बोरा भन्दाबढी रासायनिक मल बेच्ने गर्थ्यो। ७० बोरा रासायनिक मल किन्नका लागि झण्डै हजार भन्दाबढी मान्छेहरु भेला भएका थिए।

मकैको राम्रो उत्पादन हुने प्रकाशपुर मधुवनलागायत आसपासको क्षेत्रमा कृषि सामाग्री बिक्री गर्ने सहकारीले बुधबार युरिया मल बिक्रि गर्ने जानकारी गराउदा एक हजार  किसान भेला भएका थिए।

मकैमा मल हाल्ने बेलामा यतिबेला किसानहरुले मल नपाएपछी किसानहरुलाई समस्या हुन थालेको छ। चाहिने भन्दा कम मात्र आएपछि सहकारीमा मान्छेको भिड लागेको थियो। सामान्य अवस्थामा यो बेला १००० बोरा मल सहकारीले बेच्ने गर्थ्यो। तर मकैमा मल हाल्ने बेलामै ८० बोरा मात्र कृषि कम्पनी लिमिटेडले पठायो।

लकडाउनको बेला भारतबाट चाहिने भन्दा निकै कम आउन थालेपछि ग्रामीण भेगको कृषि नराम्ररी प्रभावित भएको छ। शहरका जनतालाई यतिबेला खाद्यान्नको अभाव छ। गाउँकालाई भने खाद्यान्न अभाव भन्दापनि यति बेला खेतमा हाल्ने रासायनिक मलको अभाव सुरु भएको छ।

कृषि सामाग्री कम्पनि लिमिटेडले निकै कम मात्र सहकारीमा पठाएपछि रासायनिक मल लिन आएका कृषकहरुको भिडलाई प्रहरीले नै नियन्त्रण लिएको थियो। बेच्नु भन्दा अगाडी हजारौको भिडलागे पछि सहकारीले मल वितरण गर्न तत्काल बन्द गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.