|

डोटीः कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि डोटीमा ३३० जनाको नमूना संकलन गरिएकोे छ। 

जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका उनीहरूको स्वाब संकलन गरिएको कोभिड १९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले जानकारी दिए। संकलन गरिएको नमूनाको परीक्षणका लागि काठमाडौं पठाइएको उनले बताए। 

क्वारेन्टाइनमा राखिएकाहरूको स्वाब संकलनका लागि जिल्ला पुगेको स्वास्थ्य टोली बिहीबार कैलालीतर्फ प्रस्थान गरेको छ। 

सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढेपछि डोटी, अछाम र कैलालीलगायतका जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब संकलन गर्न प्राविधिकको टोली खटाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.