सहकारी मार्फत सुपथ पसल खोलिने
सहकारी मार्फत सुपथ पसल खोलिने
सल्यान : कोरोना भाइरसको संक्रमणका कारण अहिले राहत वितरण गर्ने होडबाजी नै चलेको छ। विपन्नको नामका धनी भनिएकाले पनि राहत पाइरहेको खबर आइरहेका छन्। यही समयमा जिल्लाको दार्मा गाउँपालिकाले भने राहत पाउनेहरूको नाम सूचना पार्टीमा राखी दावी विरोधपछि मात्र वितरण गर्ने भएको छ।
गाउँपालिकाले निर्धारण गरेको मापदण्डका आधारमा वडाले संकलन गरेका व्यक्तिको नामावली सूचना पार्टीमा राखी दावी विरोधपछि मात्र वितरण गर्ने निर्णय गरेको छ। वास्तविक गरिब, विपन्न, एकल महिला राहत पाउनबाट नछुटुन् र हुनेखानेले राहत नपाउन भनेर सूचना पार्टी नामावली प्रकाशन गरेपछि मात्र राहत वितरण गरिने दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले बताए।
मापदण्डका आधारमा छनोट भएका राहत पाउने सूचीमा परेका व्यक्तिको नाम वडा कार्यालय तथा गाउँपालिकाको सूचना पार्टीमा र वेवसाइटमा दावी विरोधका लागि तीन दिनको समय दिएर सार्वजनिक गर्ने र ३ दिनपछि गाउँपालिकाले अन्तिम नामावली प्रकाशन गरेर वडा कार्यालयमार्फत राहत वितरण गरिने उनकको भनाई छ। उनले भने यसो गर्दा वास्तविक पीडित राहत पाउनबाट छुट्ने छैन भने नपाउने मानिस दावी विरोधबाट हटने छ।
यस्तै मापदण्ड अनुसार छनोटमा नपरेका सबै समुदायलाई राहत पुग्ने गरी सहकारी मार्फत खाद्य डिपो सञ्चालन गर्ने र सुपथ मुल्यका पसल राख्ने निर्णय गरेको छ।
सुपथ पसल सञ्चालनका लागि गाउँपालिकाले ढुवानीमा अनुदान दिने अध्यक्ष केसीको भनाई छ। कालो बजारी र कृत्रिम अभावलाई रोक्न सबै खाद्यन्न पसलहरूमा अनिवार्य मूल्यसूची राख्नुपर्ने, तथा सो सूची खरिद मूल्य, ढुवानी र ऐन नियम अनुसार व्यापारीले लिन पाउने मुनाफाको आधारमा गाउँपालिकाले निर्धाारण गरे अनुसारको हुने उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।