|

एजेन्सी : साउदी अरबको शाही परिवारका १ सय ५० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। साथै किंग सलमान र क्राउन प्रिन्स भने आइसोलेसनमै भर्ती भएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

साउदीका राजपरिवारको उपचार हुने किङ फैजल स्पेसलिस्ट हस्पिटलका डाक्टरहरु राजपरिवारको उपचारमा लागिपरेका छन्। अस्पतालमा पाँच सय अतिरिक्त बेड तयार पारिएको जनाइएको छ। तयार पारिएका ती बेड साउदीमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरुको उपचारमा प्रयोग गरिने जनाइएको छ।

टाइम म्यागजिनले जनाएअनुसार अस्पताल प्रशासनले डाक्टरहरुलाई हाई अलर्टमा बस्न निर्देशन दिएको छ। अस्पतालले राजपरिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको हुन सक्ने भन्दै मान्छेको यकिन संख्या आफूलाई थाहा नभएको र यस्तो अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा रहेका अन्य बाँकी साधारण बिरामीलाई डिस्चार्ज गर्ने बताएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.