|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले  सुत्केरीलाई घरमै गई स्वास्थ्य चेकजाँच गर्नुको साथै अण्डा वितरण गर्न शुरु गरेको छ।

लकडाउनको अवधिमा सुत्केरी भएकालाई  घरमै गई पोषणका लागि अण्डा वितरण गर्न शुरु गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताए। सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यस्तो कार्यक्रम अगाडि बढाइएको उनले बताए। उनले १९ वटै वडामा यो अवधिमा सुत्केरी भएका सबैलाई एक क्यारेट अण्डा वितरण गरिने पनि बताए।

'सुत्केरी महिलाको स्वस्थ्य राम्रो भयो भने मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको हो', उनले भने। तुलसीपुुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरीभत्ता समेत वितरण गर्दै आएको छ। सुत्केरी भत्ता वितरणमार्फत अनिवार्य रुपमा स्वास्थ्य चेकजाँच गर्ने वानीको विकास गरेपछि गतवर्ष उपमहानगरपालिकाभित्र मातृशिशु मृत्युदर शून्य भएको पनि नगरप्रमुख पाण्डेले बताए।

उपमहानगरपालिका भित्रका १९ वटै वडामा स्वास्थ्यकर्मीमार्फत अण्डा वितरणको काम अगाडि बढेको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए। उनले सबै वडामा गरेर १ सय जति सुत्केरी भएको समेत बताए। स्वास्थ्यकर्मी मार्फत एक साताभित्र सबै सुत्केरीलाई अण्डा वितरण गरिने भएको पनि उनले बताए।

पहिलो पटक वडा नम्वर ४, ७ र ११ मा वितरण गरियो अरुमा पनि तत्काल वितरण गरिने उनले बताए। त्यसैगरी सुत्केरीको स्वास्थ्य परीक्षण गर्नुका साथै साबुन समेत दिइएको उनले बताए। 'लकडाउनको समयमा सुत्केरी बाहिर ननिस्कने भएकाले स्वास्थ्य जाँच पनि गरेका छौं', उनले भने।

घरमै स्वास्थ्य जाँच हुनुका साथै अण्डा पनि उपहारमा पाएपछि सुत्केरीले खुसी व्यक्त गरेका छन्। वडानम्वर ७ की लक्ष्मी केसीले घरमै आएर उपचार गर्नुका साथै अण्डा र सावुन समेत पाएपछि खुसी लागेको बताइन्।

'हामीलाई निकै खुसी लागेको छ। वच्चा र आफ्नो स्वास्थ्य पनि जँचाउन पाइयो। अनि अण्डा पनि पाइयो' उनले भनिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.