|

कोरोना भाइरसबाट ग्रस्त बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ। 

कोरोना भाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्। नम्बर टेन भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो। उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएकोू र उपचारका क्रममा आफूले पाएको उत्कृष्ट सेवा का लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु शुभ समाचार भएको बताए। बेलायती स्वस्थ्य मन्त्री म्याट ह्यानककले प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको  हुँदै गएको जनाएका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.