तीन हजार भन्दा बढी विदेशी बाहिरिए

|

काठमाडौं : कोरोना भाइरसको त्रासले लकडाउनको अवधि थपिँदै गएपछि विदेशी नागरिक नेपाल छोडने क्रम जारी छ। नेपालस्थित विदेशी कूटनीतिक नियोगले आफ्ना देशका नागरिक धमाधम स्वदेश फर्काइरहेका छन्।

यसै क्रममा शुक्रबार साँझ कोरियन एयरवेजको चार्टर्डबाट कोरियालीहरु घर जान लागेका छन्। नेपालबाट उनीहरु बिदाइको हात हल्लाउँदै बाटो लागेका छन्।दिउँसो ३ बजेर ४५ मिनेटमा अवतरण गरेको यो जहाजले साँझ ५ बजे १ सय ७६ नागरिक लिएर उडान भर्ने तालिका छ।

शुक्रबार नेपाली आकाशबाट अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमानले अनुमति पाएका छन। चीन, जापानका लागि नेपाल एयरलायन्स र बेलायतको लागि टाइटन एयरको जहाजले उडान भरिसकेका छन्।

लकडाउन यता नेपालबाट १९ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइसकेका छन्। ३ हजार भन्दा बढी विदेशी नागरिकले यस क्रममा नेपाल छोडिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.