नेशनल प्याथ ल्याबद्वारा कोरोना परीक्षण गर्ने मेसिन प्रदान

|

गुल्मी : नेशनल प्याथ ल्याबले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई कोरोना परीक्षण गर्ने उच्च क्षमताको मेशिन प्रदान गरेको छ। डब्लुएचओद्वारा प्रमाणित रियल टाइम पिसिआर मेशिन नेशनल प्याथ ल्याबका प्रवन्ध निर्देशक पवन जोशीले प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालमार्फत प्रयोगशालालाई प्रदान गरेका हुन्।

हाल संचालनमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १० देखि १५ वटा मात्र कोरोना परीक्षण हुँदै आएको छ। अब यो मेशिनमार्फत प्रत्येक दिन दुई सय ५० वटा सम्म कोरोना परीक्षण गर्न सकिने नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक जोशीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गमा सूचीकृत नेशनल प्याथ ल्याबसँग कोरोना परीक्षण गर्ने सम्पूर्ण आवश्यक मेशिन, जनशक्ति र उपकरणहरू उपलब्ध छन्। तर कोरोना परीक्षणको लागि निजी प्रयोगशालालाई अनुमति नभएकाले आफूहरूसँग भएको ४० लाख बराबरको मेशिन सहयोग गरेको जोशीले बताए।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले छोटो समयमा धेरैभन्दा धेरै परीक्षण गर्न सकिने यो मेशिन प्रदान गर्ने मेशिन प्रदान गर्ने नेशनल प्याथ ल्याबलाई आभार प्रकट गरे। उनले सवैको सहयोग र समन्वयले मात्रै बिपद्को सामना गर्न सकिने भएकाले नेशनल प्याथ ल्यावले सामाजिक भावना देखाएको बताए।

विषम परिस्थितिमा महामारी नियन्त्रण गर्नु सबै निजी तथा सरकारी संस्थाको साझा दायित्व भएकाले सरकारले आवश्यक ठानेको अवस्थामा कोरोना नियन्त्रण अभियानमा थप सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको नेशनल प्याथ ल्याब गुल्मीका प्रवन्ध निर्देशक होमबहादुर पल्लीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.