|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्यकर्मीको तलब कटौती गरेर कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा जम्मा गर्ने कुनै निर्णय नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ बारे मन्त्रालयमा शुक्रबार आयोजित अपडेटका क्रममा यस्तो जानकारी दिएका हुन्। उनले स्वास्थ्य मन्त्रालयले स्वस्थ्यकर्मीको तलब काट्ने कुनै पनि परिपत्र नगरिएको बताउँदै पत्रिकामा आएका समाचारमा सत्यतता नभएको स्पष्ट पारेका छन्। 

'यही चैत ११ को मन्त्रपरिषद्को निर्णयानुसार कोभिड-१९ को त्रासबीच खटिरहेका स्वास्थ्यकर्मीको पनि तलब काटेर राहत कोषमा जम्मा गर्ने परिपत्र यस मन्त्रालयले गरेको छैन', उनले भने, 'विभिन्‍न तहका कर्मचारीको तलब ३ देखि ७ दिनको तलब काट्ने भनिएपनि यस मन्त्रालयबाट त्यस्तो निर्ण गरिएको होइन।'

जोखिम मोलेर खटिरहेका स्वास्थ्यकर्मीको तलब कटौती गर्ने कुरै नआउने पनि देवकोटाले स्पष्ट पारे। 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कट्टी गर्न भनेको छैन', उनले भने, 'र, कुनै पनि स्वास्थ्यकर्मीको तलब अहिले काटिँदैन।'

यसअघि देशमा चैत ११ देखि जारी लकडाउनका क्रममा सडकमा खटिइरहेका सुरक्षाकर्मीको तलब काटेर राहत कोषमा जम्मा गर्ने निर्णयप्रति तीव्र जनआक्रोश देखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.