|

संखुवासभा :  खाँदवारी नगरपालिका २ आरुबोटेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्न क्रममा केरन्ट लागेर १९ वर्षीय महेश विकको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानबहादर श्रेष्ठले बताए। 

बिहीबार राति १० बजे आफ्नै घरको कोठामा मोबाइल फोन चार्ज गर्न क्रममा करेन्ट  लागेर विक घाइते भएको थियो। विकको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउँदै गर्दा बाटैमा क्रममा मृत्यु भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए। करेन्ट लागेर मृत्यु भएका विकका परिवारले विद्युत् प्राधिकरणको लापरवाही गर्दा मृत्यु भएको बताएका छन्।

खाँदबारी २ चेवामा रहेको ट्रान्सफरमरमा खराबी आएपछि विद्युत् हाई भोल्टेज प्रवाह भएर विकको मृत्यु भएको वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए। विद्युत् प्राधिकरणले खाँदबारी २ चेवामा राखेको ट्रान्सफरमर समेत जलेको छ। विद्युत् प्राधिकरणको लापरवाही गर्दा मृत्यु भएपछि किरिया खर्च र राहत माग गरेको उनले बताए। 

प्राविधिक कारण ट्रान्सफरमर जलेका कारण घटना घटेको हुन सक्ने खाँदबारी वितरण शाखाका प्रमुख रामअषिम शाहले बताए। उनले भने, 'हामीले घटनास्थलमा प्राविधिक टोली खटाइ सकिएकाले घटना कसरी घट्यो सत्य तथ्य प्रतिवेदन आएपछि सार्वजनिक गरिन्छl' 

तत्कालका लागि खाँदबारी वितरण शाखाले किरिया खर्चवापत मृतकका परिवारलाई १५ हजार प्रदान विद्युत् प्राधिकरण खाँदबारीले जनाएको छ। विद्युत् प्राधिकरण खाँदबारी वितरण शाखा,वडा अध्यक्ष श्रेष्ठ र स्थानीयबीच मृतक विकका परिवारलाई तत्काल किरिया खर्च उपलब्ध गराउने र क्षतिपूर्तिका लागि केन्द्रलाई सिफारिस गर्न सहमति भएको वडा अध्यक्ष श्रेष्ठले बताए।      

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.