काठमाडौं : कीर्तिपुर नगरपालिकाले डेरामा बसिरहेका विद्यार्थीहरुलाई पनि राहत दिने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यानन अभाव भएका विद्यार्थीहरूलाई राहतका लागि फारम भर्न आग्रह गरेको हो।
कीर्तिपुर नगरपालिका क्षेत्रमा कोठा भाडामा लिई बसोबास गर्ने र खाद्यान्नको अभाव भएका सम्पूर्ण विद्यार्थी वर्गको लागत राख्नु पर्ने भएकोले वडा कर्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाले आफ्नो वेबसाइटमा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ। विद्यार्थीहरूले आफ्नो परिचयपत्र र नागरिकताको फोटोकपी अनिवार्य बुझाउनुपर्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।