|

दाङ: कोरोनाको आशंकामा दाङको बेलझुण्डीको कोरोना विशेष अस्पतालमा बसेका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ।  

कैलालीका कोरोना संक्रमित युवासँगै आएका दाङका ८ जनासहित २० जनामा कोरोना भाइरस भए/नभएको जाँचका लागि मंगलबार स्वाब काठमाडौं पठाइएकोमा उनीहरूको रिपोर्ट नेगेटिभ देखिएको हो। 

दाङबाट पठाइएको २० जना मध्ये ८ जनाको रिपोर्ट बिहीबार आएको थियो भने  १२ जनाको शुक्रबार आएको बेलझुण्डी कोरोना विशेष अस्पतालका प्रमुख डा.सर्बेश शर्माले जानकारी दिए। जस्मा घोराही उपमहानगरपालिका ४ का कैलालीको गौरीफन्टा नाकाबाट आएका ५ जना र रुपैडिया नाका भएर आएका १ जना गरी ६ जना थिए।

त्यसैगरी गौरीफन्टा नाका भएर आएका  दाङको लमही नगरपालिका, बबई गाउँपालिका र राजपुर गाउँपालिकाका १/१ जना गरी ३ जना र त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका दुबईबाट आएका ५ जना, त्यस्तै गौरीफन्टा नाका भएर आएका प्युठानका ३ जना र दुबईबाट आएका २ गरी ५ जना र प्रादेशिक अस्पताल तुलसीपुरका कार्यालय सहयोगी एक जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको डा.शर्माले बताए।

दाङमा यसअघि पनि २० जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो। यससँगै दाङबाट कोरोनाको आशंका गरिएका ४० जनाको रिपोर्ट नेगेटिभ देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.