|

उदयपुर : उदयपुरमा प्रहरीले सक्रियता बढाउदै लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर दिनभर तातो घाममा राखेको छ। 

लकडाउन उल्लंघन गर्दै मानिसहरु अनावश्यक हिँडडुल गरेपछि प्रहरीले कडाई गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनलार्ई शनिबारबाट कडाइका साथ कार्यान्वयन गर्न यो अभियान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। 

अभियान सुरु गरेकै दिन सदरमुकाम गाईघाटका विभिन्न स्थानबाट ३२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए।

‘अत्यावश्यक काम भएकाले त्यसबारे प्रहरीलाई जानकारी गराएर आफ्नो काम गर्न सक्ने छन्’, बुढामगरले भने, ‘शनिबार पक्राउ परेका ३२ जनालाई जिल्ला प्रहरी कार्यालयको फिल्डमा दिनभर राखेर सम्झाएपछि साँझ छाडिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.