मोदीले भने : क्षति रोक्न सक्यौँ, अझै धैर्य गरिदिनुस्

|

काठमाडौं : भारतमा लकडाउन लम्बिएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन्।

२५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने यही मात्रै अन्तिम विकल्प भएको बताएका छन्।

'देशवासीको तपस्या र त्यागका कारणा भारतमाकोरोनाका कारण हुने क्षतिलाई धेरै हदसम्म रोक्न सफल भएका छौं', उनले भने, 'सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको छ। पछिल्लो २६ दिनमा देशवासीका नाममा मोदीको यो चौथो सम्बोधन हो।

भारतमा अहिलेसम्म आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन्। यसमा महाराष्ट्र, पश्चिम बंगाल, पञ्जाब, ओडिशा, अरुणाचल प्रदेश, मेघालय, तेलंगाना र तमिलनाडु छन्। केन्द्र शासित प्रदेश पुडुचेरीले पनि लकडाउन बढाउने घोषणा गरिसकेको छ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ। हिजो मात्रै भारतमा १२ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। भारतमा हालसम्म १० हजार ४ सय ५३ कोरोना संक्रमित भेटिँदा ३५८ जनाले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.