|

गुल्मी : गुल्मीका स्थानीय तहहरुले आफूले माग गरेको विवरण पठाउन आनाकानी गरेका जिल्ला प्रशासन कार्यालयले बताएको छ।

गुल्मी जिल्ला प्रशासनले जिल्लाका २ नगर र १० वटा गाउँपालिकाभित्र भएका विपन्न परिवार संख्या, निर्माण गरिएका क्वारेन्टाइन, क्वारन्टाइनका फोकल पर्सन, लकडाउनको अवस्थाबारे पटक पटक विवरण मागेको थियो। तर स्थानीय तहले भने अटेर गरिरहेका जिप्रका गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले बताए।

फोनमार्फत आग्रह गर्दासमेत स्थानीय तहले यथार्थ विवरण नपठाएको उनले गुनासो गरे। विवरण नपठाउने स्थानीय तहलाई अब भने कडाइका सकाथ निर्देशन दिने तयारी भएको पाण्डेले बताए

निरन्तर रिर्पोट पठाएको दाबी

यता जिल्लाको मालिका गाउँपालिकाले भने जिल्ला प्रशासनको भनाइविपरीत निरन्तर सूचना र रिपोर्ट पठाइरहेको दाबी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले भने,  ‘दैनिक कामकाजको विवरण र रिर्पोट पठाइरहेका छौं।’

साथै जिल्ला प्रशासन कार्यालयले तोकेकै ढाँचामा आफूहरुले विवरण पठाइरहेको उनले बताए। 

‘राहत वितरण र जनताका प्रत्यक्ष समस्यासँग जुध्नुपर्ने भएकाले कहिलेकाहीँ छुटेको हुन सक्छ, सुगममा जस्तो सहज दुर्गमका स्थानीय तहलाई हुँदैन, कहिले विद्युतको समस्या त कहिले इन्टरनेटको समस्या आउँछ,’ पाण्डेले खुलाए।

यस्तै मदाने गाउँपालिकाले पनि निरन्तर रिर्पोट पठाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग भिडियो कन्फ्रेन्स बैठक

यता जिल्ला प्रशासन कार्यलय गुल्मीले स्थानीय तहहरुले कोरोना भाइरस संक्रमण र रोकथाम र नियन्त्रणबारे गरेको कामको अवस्थाबारे बुझ्न भिडियो कन्फ्रेन्स बैठक गरेको छ। बैठकमा पनि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहको यसबेलाको कामबारे सूचना पठाउन आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी शर्माले सूचना विवरण पठाउन किन ढिलाइ गरेको भन्ने प्रश्नमा अधिकांश स्थानीय तहले धेरै ठाउँमा रिपोर्ट पठाउनुपर्ने भएकाले समस्या भएको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.