|

काठमाडौं :  हेम सरिता पाठक फाउन्डेसनले  विश्वव्यापी खुला भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। 

स्थानीय तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार मौलाउँदै गएको तर सजाय दिनुको सट्टा सरकारले उनीहरुलाई संरक्षण दिइरहेको भन्दै फाउन्डेसनले खबरदारी स्वरुप कविता प्रतियोगिता गर्न लागिएको प्रतियोगिता तयारी समिति एवं साहित्य विभाग प्रमुख तथा संयोजक राधेश्याम लेकालीले जानकारी दिए। 

कविता भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनु फाउण्डेसनले जनाएको छ। कविता दुई सय शब्दको हुनुपर्ने र कही पनि प्रकाशित नभएको हुनुपर्ने छ. प्रतियोगितमा उत्कृष्ट हुने कविलाई एक हजार युएस डलर र प्रमाणपत्र प्रदान गरिने छ।  कविता [email protected] मा पठाउन सकिने छ। 

यस्ता छन् नियम 

१. आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ।
२. कविता टाइप गरेको हुनुपर्नेछ।
३. कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ।
४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वतस् अस्वीकृत हुनेछन्।
५. एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ। एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन्।
६. कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ।
७.कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ। कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ।
८.प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वतस् अस्वीकृत गरिनेछ।
९.प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ।
१०.प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ।
११.कविता प्राप्त हुनुपर्ने अन्तिम दिन ३० जेठ २०७७ हुनेछ।
१३.पुरस्कार  नगद १००० (युएस डलर र प्रमाणपत्रसहित) हुनेछ।
१४. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ। उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आ-आफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ।
१५.यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ।

सम्पर्क :
Email : [email protected]
Phone No : 9851059354

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.