दोस्रो चरणमा पीठो बनाएर वितरण गर्छौं : उपाध्यक्ष

|

गुल्मी : जिल्लाको इश्मा गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई गोदाममा थन्क्याएर बजारको चामल खरिद गरी पालिकाभित्रका विपन्नलाई वितरण गरेको छ।
गाउँपालिकाले स्थानीय  इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ। अहिले ती सहकारीको गोदाममा भण्डै १३ टन कोदो प्रशोधन गरि गाउँपालिकाको लोगो लगाई प्याकिङसहित यसै थन्किएर बसेको छ। 

स्थानीय उत्पादन कोदो मकैलगायत विपन्नलाई वितरण नगरेर बजारबाट चामल खरिद गरी गाउँपालिकाभित्रका भण्डै एक हजार २४३ परिवारलाई राहत वितरण गरेको इश्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए।

पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्ला समेत मच्चाए अहिले आफूसँग भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल वितरण गरेको छ।  कोदो उत्पादन गर्ने किसानहरुको प्रति केजी ५० रुपैयाँका दरले सहकारीमार्फत गाउँपालिकाले लिएको हो। 

दोस्रो चरणमा पीठो बनाएर वितरण गर्दै छौँ : उपाध्यक्ष

गाउँपालिकाको स्थानीय उत्पादन कोदो थन्क्याएर किन चामल भन्ने थाहाखबरको प्रश्नमा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले दोस्रो चरणको राहत वितरणमा पीठो बनाएर वितरण गर्ने योजना बनाएको दाबी गरिन्। उनले गाउँपालिकामा करिब १३ टन जति प्रशोधन गरि राखेको कोदो भएको भन्दै त्यसलाई पीठो बनाएर वितरण गर्ने बताइन्। 

राहत वितरणमा कोदो नै वितरण गर्दा कतै दुरुपयोग पो हुने हो कि भन्दै पीठो बनाएर वितरण गर्ने योजना बनाएको उनले  जानकारी दिइन्। कोदो नै वितरण गर्दा कसैले घरेलु मदिरा बनाइदिने र कसैले कोदो बेच्नेपो हुन् कि भन्‍ने आंशकाले पीठो बनाएर वितरण गर्न लागेको उनले दाबी गरिन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.