नेपालमा दुईजना निको भए, २८ को उपचार हुँदै

|

काठमाडौं :  काठमाडौं : कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन्। काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन्। 

काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन्। उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन्। गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको हो। 

टेकु अस्पतालमा डा. अनुप बाँस्तोलाका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ। 

टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको थियो। 

गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ। उनीसँग एउटै जहाजमा सवार १५८ यात्रुलाई प्रहरीले सम्पर्क गरेर क्‍वारेन्टाइनमा राखेको छ। 

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको बिमानमा आएकी उनलाई कोभिड पोजिटिभ देखिएपछि टेकू अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। कतारको उडान नम्बर ६५२ मार्फत आएका उनीसहित तीन यात्रुलाई कोरोना भएको थियो। 

उनी कोभिड-१९ पोजेटिभ पुष्टि भएको २७ दिनपछि डिस्चार्ज भएकी हुन्। यसअघि नेपालमा पहिलो कोभिड-१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन्। उनलाई जनवरी २३ तारिखमा कोरोना पुष्टि भएको थियो।

अहिलेसम्म नेपालमा ३० जनामा कोरोना देखिइसकेको छ। जसमा सबैभन्दा धेरै उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना पाइएको छ। नेपालमा कोरोन भेटिएकामध्ये १२ जनाको बिराटनगरमा, पाँचजनाको सेती अस्पतालमा, चारजनाको वीरगञ्जस्थित नारायणी क्षेत्री अस्पतालमा, २ जनाको बागलुङमा र एकजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.